ad ad

खेल


साग : भलिबल आजैदेखि, नेपालका दुवै टोली कोर्टमा

साग : भलिबल आजैदेखि, नेपालका दुवै टोली कोर्टमा

नेपालखबर
मंसिर ११, २०७६ बुधबार ३:१८,

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत भलिबल प्रतियाेगिताहरू आज (बुधबार) सुरु हुँदै छन्।

सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भए पनि महिला र पुरुष भलिबल खेलहरू आजै सुरु हुन लागेका हुन्।

नेपालको पुरुष र महिला टिम आजै समूह चरणका पहिलो खेलका लागि कोर्टमा उत्रिँदै छन्।

उद्घाटन खेलमा महिला भलिबल टोलीले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुने खेलमा दिउँसो ३ बजे नेपाल र बंगलादेशबीच खेल हुनेछ।

यस्तै आजै साँझ ७ बजे नेपालको पुरुष टोलीले पनि बंगलादेशसँग पहिलो खेल खेल्नेछ।

पुरुष भलिबल टिम समेत बंगलादेश र भारत रहेको समूहमा छ। अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न पुरुष टिमलाई जित निकाल्न आवश्यक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .