भरतपुर महानगरपालिकाले युवा तथा खेलकुदका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
शुक्रबार महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा युवा तथा खेलकुदका लागि २ करोड बिनियोजन गरेको घोषणा गरेको हो।
अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा प्रदेशस्तरीय खेलमा पदक जित्ने भरतपुर महानगरवासी खेलाडीलाई पुरस्कार तथा सम्मान गर्ने समेत उल्लेख गरेको छ।
यस्तै युवावर्गलाई उद्यमशील बनाउन मागमा आधारित सीपमूलक तालिम, अवलोकन भ्रमण तथा परामर्शका कार्यक्रमहरू सञ्चालन गरिने पनि बजेटका कार्यक्रममा उल्लेख छ।
39
Shares
प्रतिक्रिया