ad ad

खेल


साग : फुटबलको फाइनलमा पुग्न आज बंगलादेशसँग भिड्दै नेपाल

साग : फुटबलको फाइनलमा पुग्न आज बंगलादेशसँग भिड्दै नेपाल

नेपालखबर
मंसिर २२, २०७६ आइतबार ३:१९,

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको फाइनलमा पुग्न आज (आइतबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै छन्।

लिग चरणको अन्तिम खेल अपराह्न ५ बजे काठमाडौंस्थित दशरथ रंगशालामा सुरु हुनेछ।

नेपाल बराबरी खेले मात्र पनि फाइनलमा पुग्नेछ भने बंगलादेशले फाइनलमा प्रवेश गर्न नेपाललाई जित्नैपर्नेछ।

नेपालले बंगलादेशलाई पराजित गरेमा लिगको शीर्ष स्थानमा रहेर फाइनलमा पुग्ने भएको हो।

३ खेलबाट नेपालले ७ अंक पाएको छ भने बंगलादेशको समान खेलबाट ४ अंक छ।

याे पनि : माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाइनल नजिक

बंगलादेश विजयी भएमा नेपालसँग समान अंक हुनेछ तर हेड टु हेड लागू हुने भएकाले बंगलादेशलाई फाइदा पुग्नेछ।

भुटान ४ खेलबाट ९ अंक जोड्दै यसअघि नै फाइनल पुगिसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .