एफए कपको उपाधिका लागि म्यानचेस्टर डर्बीमा युनाइटेड र सिटी भिड्ने भएका छन्।
आइतबार राति वेम्बेली स्टेडियममा भएको सेमिफाइनलमा ब्राइटन होव एल्बियनललाई ट्राइब्रेकरमा हराउँदै म्यानचेस्टर युनाइटेडले फाइनलमा सिटीसँगको भेट पक्का गरेको हो।
खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको हो। ट्राइब्रेकरमा युनाइटेडका क्यासमिरो, डिएगो डालोट, जेडान सान्चो, मार्कस रासफर्ड, मार्सेल सवित्जर, वोउट वेगह्रस्ट र भिक्टर नेल्सन लिन्डेलफले गोल गर्न सफल भए।
ब्राइटनका एलेक्सिस म्याक एलिस्टर, पास्कल ग्रस, डेनिज अन्डभ, पेर्भिस इस्टुपिनान, लेविस डन्क र एडम वेवस्टेरले गोल गरे।
गत फेब्रुअरीमा काराबाओ कप जितेको टेन ह्यागको टोली सिजनको दोस्रो उपाधि नजिक पुगेको हो।
युनाइटेडले अब उपाधिका लािग म्यानचेस्टर डर्वीमा ३ जुनमा सिटीसँग प्रतिस्पर्धा गर्नेछ। उता सिटीले भने शनिबार राति च्याम्पियनसिप टोली सेफिल्ड युनाइटेडलाई ३–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो।
Shares
प्रतिक्रिया