रियल मड्रिडले च्याम्पियन्स लिगमा सन् २०२३ पछि पहिलो पटक हार बेहोरको छ।
बुधबार राति भएको खेलमा रियल लिलसँग १–० गोल अन्तरले पराजित भएको हो।
कोपा डेल रे मा एथलेटिको मड्रिडसँग जनवरी १८ मा ४–२ ले पराजित भएपछि रियल पछिल्ला ३६ खेलमा अपराजित थियो।
पहिलो हाफको इन्ज्युरी समयमा जोना डेभिडले पेनाल्टीमा गरेको गोल नै घरेलु टोलीका लागि पर्याप्त बन्यो।
रियलका फ्रान्सेली मिडफिल्ठर एडुआर्डो क्यामाभिङगाले इडोनको फ्रिकीक प्रहार पाखुराले रोकेपछि भिएआरको सहायतामा लिलले पेनाल्टी मौका पाएको थियो। जुन मौकालाई डेभिडले खेर जान दिएनन्।
गएराति भएको अर्को खेलमा बेन्फिकाले एथलेटिको मड्रिडमाथि ४–० को फराकिलो जित दर्ता गरेको छ। एटलान्टाले सम्तर डोनेक्समाथि ३–० को जित निकाल्दा युभेन्टसले आरबी लाइपजिगमाथि ३–२ को जित निकालेको छ।
426
Shares
प्रतिक्रिया