ad ad

खेल


लिभरपुलको बोलोग्नामाथि २–० को जित

लिभरपुलको बोलोग्नामाथि २–० को जित

नेपालखबर
असोज १७, २०८१ बिहिबार ७:१५, काठमाडौँ

एलेक्सिस म्याक एलिस्टर र मोहम्मद सलाहको गोलमा लिभरपुलले च्याम्पियन्स लिगमा इटालियन क्लब बोलोग्नालाई पराजित गरेको छ। 

बुधबार राति भएको खेलमा लिभरपुलले बोलोग्नामाथि २–० को जित दर्ता गरेको हो। खेलको पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा १ गोल थप्यो। 

पहिलो हाफको ११ औँ मिनेटमा सलाहको छोटो क्रसमा एलिस्टरले ष्ल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। 

दोस्रो हाफमा पाहुना टोली बोलोग्नाले केही दबाब बनाएपनि खेलमा फर्कन भने असमर्थ रह्यो। 
खेलको ७५ औँ मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता दोब्बर पार्यो। 

गएराति नै भएको खेलमा एष्टोन भिल्लाले बायर्न म्युनिखमाथि १–० को सर्घषपूर्ण जित निकालेको छ। 

खेलको ७० औँ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका जोन डुरानले गोल गर्दै च्याम्पियन्स लिगमा बार्यन म्युनिखलाई हराएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .