ad ad

खेल


सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा, मलेसियासँग उपाधि भिडन्त

सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा, मलेसियासँग उपाधि भिडन्त

फाइल तस्बिर


नेपालखबर
असार १८, २०८० सोमबार १२:४७, काठमाडौँ

सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा पुगेकाे छ। 

नेपालले उपाधिका लागि मंगलबार मलेसियासँग खेल्नेछ। 

नेपालले दिएकाे १ सय ८५ रनको  लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अल आउट भयो। 

सिंगापुरका लागि रोशन रविचन्द्रनले २४ रनकाे याेगदान दिए। अन्य ब्याटरले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।  

सिगांपुरलाई कम स्काेरमा राेक्न नेपालका कार्तिक कामतले ३ विकेट लिए।  सन्तोष यादव, नरेन भट्ट, अशोक धामी, कार्तिक अभिषेक तिवारी र प्रतिक पोखरेलले समान १ विकेट आफ्नाे नाममा गरे।  

त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रनकाे याेगफल तयार पारेकाे थियाे। 

ओपनर निरज यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रनकाे याेगदान दिए। 

पहिलो विकेटका लागि यादव र काेईरालाले ११.३ ओभरमा ६३ रनको साझेदारी गरे। 

कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए।

मध्यक्रमका ब्याटर सन्तोष यादवले १८, प्रतिक भट्टराईले १२ रन थपे। 

दीपु कुमार १२, कृतिक कामत ५ र प्रतिक पोखरेल ३ रनमा पवेलियन फर्के। 

सिंगापुरका हरिहरन एक्लैले ३ विकेट लिए। हर्ष वेंकटराम र कबिरले समान २ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .