ad ad

खेल


विश्वकपको प्लेअफ छनोटमा नेपाल लाओससँग भिड्ने

विश्वकपको प्लेअफ छनोटमा नेपाल लाओससँग भिड्ने

फाइल तस्बिर


नेपालखबर
साउन ११, २०८० बिहिबार १२:२७, काठमाडौँ

सन् २०२६ मा अमेरिका र मेक्सिकोमा हुने फिफा विश्वकपको एशियाली छनोटको प्लेअफमा नेपालले लाओसको सामना गर्ने भएको छ। 

मलेसियाको क्वालाम्पुरमा बिहिबार भएको ड्रमा नेपालले लाओससँग खेल्ने पक्का भएको हो। 

फिफा वरीयताका आधारमा एशियाका पुछारमा रहेका २० टोलीले प्लेअफ चरण पार गर्दै दोस्रो राउण्डमा स्पर्धा गर्नेछन्। 

होम एण्ड अवेको आधारमा हुने प्ले अफ राउण्ड पार गरे नेपालले दोस्रो चरणमा स्पर्धा गर्न पाउनेछ। 

विश्वकपको दोस्रो चरणका लागि २६ टोलीले स्थान बनाइसकेका छन्। 

प्लेअफ चरण पार गरेका १० टोलीले दोस्रो चरणका लागि स्थान बनाउनेछन्।

पहिलो चरण पार गर्ने १० टोली र दोस्रो चरणमा स्थान बनाएका २६ गरि ३६ टोलीलाई ९ सुमहमा विभाजन गरिनेछ।

९ समूहका शीर्ष २ टोलीले एएफसी एसियन कप २०२७ को लागि स्थान बनाउँदै विश्वकप छनोटको तेस्रो चरणमा स्पर्धा गर्नेछन्। 

विश्वकप छनोटका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेका छन्। 
टोलीले मंगलबार (साउन १६) देखि प्रशिक्षण सुरु गर्ने बताइएको छ। 

हेड टु हेड
नेपाल र लाओसबीच अहिलेसम्म ३ खेलमा भेट भएको छ। तीमध्ये २ खेलमा नेपालले जित हात पार्दा १ खेल बराबरीम टुङ्गिएको छ।

नेपाली टोली
गोल किपर :
किरणकुमार लिम्बु (आरजी पञ्जाव एफसी), अनिश देउला (जावलाखेल युथ क्लब), दीप कार्की (मनाङ मर्स्याङ्दी क्लब), अभिषेक बराल (सातदोबाटो युथ क्लब)

रक्षापंक्ति: विमल पाण्डेय (त्रिभुवन आर्मी क्लब), सनिश श्रेष्ठ (एपीए फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मच्छिन्द्र फुटबल क्लब), अनिष गुरुङ (मनाङ मर्स्याङ्दी क्लब), रोहित (पेर्सिक केद्री), सिमान्त थापा (जावलाखेल क्लब), एन्जल महर्जन (फ्रेन्ड्स क्लब), छिरिङ लामा (जावलाखेल क्लब), अन्जन राई (नेपाल पुलिस क्लब)

मिडफिल्डर : एरिक विष्ट चर्च ब्वाइज युनाइटेडd), सुदीप गुरुङ (सातदोबाटो युथ क्लब), लाकेन लिम्बु (थ्री स्टार क्लब), आवास लामिछाने (एपीएफ फुटबल क्लब), उत्सव राई (मच्छिन्द्र फुटबल क्लब), विशाल तामाङ (जावलाखेल क्लब), विवेक पौडेल (चर्च ब्वाइज युनाइटेड), क्रिटिश रत्न छुन्जु (एनआरटी)

फरवार्ड : आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी क्लब), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), मनिष डाँगी (संकटा क्लब), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड), विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब), जिलेस्पी जंग कार्की (त्रिभुवन आर्मी क्लब), दिनेश हेन्जन (त्रिभुवन आर्मी क्लब)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .