परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका सर्जी अगुइरोको गोलमा म्यानचेस्टर सिटीले जित हात पारेको छ।
प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा सेफिल्ड यूनाइटेडलाई १-० ले पराजित गर्दा सिटीका लागि अगुइरोले निर्णायक गोल गरे।
अगुइरोको यो पछिल्ला तीन खेलमा छैटौं गोल समेत हो। बराबरीतर्फ उन्मुख खेलको ७३औं मिनेटमा अगुइरोले निर्णायक गोल गरेका थिए।
डेन हेर्नडरसनले गाब्रअल जिससको पेनाल्टी बचाउनुका साथै पहिलो हाफमा गज्जबको बचाउ गरेपछि खेल बराबरीतर्फ धकेलिन लागेका बेला अगुइरोले सिटीको उद्धार गरेका हुन्।
केभिन डि ब्राउनीको पासमा अगुइरोले गोल गरेका थिए। जितसँगै सिटी दोस्रो स्थानमा यथावत छ। उसको ५१ अंक भएको छ। शीर्षस्थानको लिभरपुलको भने उसभन्दा १३ अंक बढी छ। सेफिल्ड भने ३३ अंकका साथ सातौं स्थानमा छ।
प्रतिक्रिया