ad ad

खेल


साफ यू–१९ च्याम्पियनसिप : सेमिफाइनलमा नेपाल र भारत भिड्ने

साफ यू–१९ च्याम्पियनसिप : सेमिफाइनलमा नेपाल र भारत भिड्ने

नेपालखबर
असोज ८, २०८० सोमबार १९:४८, काठमाडौँ

साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा घरेलु टोली नेपाल र भारत भिड्ने पक्का भएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको समूह बी को अन्तिम खेलमा भारतले भुटानमाथि २–१ को जित निकालेपछि नेपाल र भारत भिड्ने पक्का भएको हो। 

भारत समूह विजेता र भुटान उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हुन्। 

यता आजै भएको समुह ए को अन्तिम खेलमा मालदिभ्सलाई ४–१ गोल अन्तरले हराएको नेपाल समुह उपविजेताको रुपमा अन्तिम चारमा पुगेको थियो। नेपालको जितमा समिर तामाङले दुई तथा प्रशान्त लक्सन र  निराजन धामीले समान एक गोल गरेका थिए। 

भारतविरुद्धको सेमिफाइनल खेल भने सुजन डंगोलले गुमाउनेछन्। समुह चरणको अन्तिम खेलमा रातो कार्ड पाएका उनी भारतसँगको खेल टोलीबाहिर रहनेछन्। 

सेमिफाइनल खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे हुनेछ। 

सोही दिन हुने पहिलो सेमिफाइनलमा पाकिस्तान र भुटान खेल्नेछन्। सो खेल दिउँसो साढे १ बजे सुरु हुनेछ। 

पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै ३ अंकमा समूह उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .