ad ad

खेल


रेखाको गोलमा हारबाट जोगियो नेपाल

रेखाको गोलमा हारबाट जोगियो नेपाल

फाइल तस्बिर


नेपालखबर
असोज ११, २०८० बिहिबार १५:५२, काठमाडौँ

फरवार्ड रेखा पौडेलको गोलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली बंगलादेशसँग हारबाट जोगिएको छ। योसँगै समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपालले १९ औं एसियन गेम्सको यात्रा सकाएको छ। 

वानझाउ ओलम्पिक स्पोर्टस सेन्टर स्टेडियममा बिहिबार भएको खेलमा नेपाल र बंगलादेशले १–१ को बराबरी गर्दै अंक बाँडे। 

खेलको ८३ औं मिनेटमा सावित्रा भण्डारीको पासमा रेखाले गोल गर्दै नेपाललाई हारबाट जोगाएकी थिइन्। 

त्यसअघि खेलको ४४ औं मिनेटमा कप्तान सविना खातुनको गोलमा बंगलादेशले सुरुवाती अग्रता बनाएको थियो। 

पहिलो पटक एसियाडमा सहभागिता जनाएको नेपालले समुह चरणको पहिलो खेलमा भियतनामसँग २–० गोल अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा जापानसँग ८–० को फराकिलो हार व्यहोरेको थियो। 

यता बंगालदेशले पहिलो खेलमा जापानसँग ८–० कै फराकिलो अन्तरले पराजित भएको थियो समुह चरणको दोस्रो खेलमा भियतनामलाई ६–१ को नतिजा सुम्पेको थियो। 

समूह डी मा रहेका नेपाल तेस्रो स्थानमा रहदै एसियाडको समुह चरणबाटै बाहिरियो। बंगालदेश भने पुछारमा रहेर एसियाड सकाएको छ। 

यसअघिका खेलमा बंगलादेशमाथि हाबी हुँदै आएको नेपाल पछिल्ला तिन चार खेलमा जितविहीन छ। 

गतवर्ष घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो। त्यसयता नेपालले बंगालदेशलाई हराउन सकेको छैन। यसअघि बंगालदेशमा नै भएको दुई मैत्रीपुर्ण खेलमा नेपाल र बंगालदेशले बराबरी खेलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .