ad ad

खेल


अस्ट्रेलियाले दियो भारतलाई २ सय रनको लक्ष्य

अस्ट्रेलियाले दियो भारतलाई २ सय रनको लक्ष्य

नेपालखबर
असोज २१, २०८० आइतबार १८:१५, काठमाडौँ

आईसीसी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले अमेरिकासामु २ सय रनको लक्ष्य प्रस्तुत गरेको छ। 

एमए चिदम्बरम स्टेडियम चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया ४९.३ ओभरमा १ सय ९९ रन बनाउँदा सबै विकेट गुमायो।

खराब ब्याटिङ गरेको अष्ट्रेलियाका लागि स्टेभन स्मिथले सर्वाधिक ४६ रनको योगदान दिए। ७१ बलमा ५ चौका हानेका स्मिथ रवीन्द्र जडेजाको बलमा बोल्ड आउट भए। 

ओपनर डेभिड वार्नर ४१ रनमा क्याच आउट भए। म्यार्नस लाबुसचेनले २७, ग्लेन म्याक्स वेल र कप्तान प्याट कुमिन्सले समान १५ रन थपे। 

भारतका रविन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिए। कुलदिप यादव र जसप्रित बुमराहले समान २ विकेट लिए। 

रविचन्द्रन अश्विनले १ विकेट आफ्नो नाममा गरे। भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .