ad ad

खेल


विश्वकप क्रिकेट : पाकिस्तानसँग श्रीलंका ६ विकेटले पराजित

विश्वकप क्रिकेट : पाकिस्तानसँग श्रीलंका ६ विकेटले पराजित

रासस
असोज २४, २०८० बुधबार ७:४५, काठमाडौँ

भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत मंगलबारको खेलमा पाकिस्तानले श्रीलंकालाई हराएको छ।पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हराएको हो। 

टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय ४४ रनको योगफल बनायो। तीन सय ४५ रनको विजय लक्ष्य पाकिस्तानले ४८ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो। पाकिस्तानका लागि अब्दुल्लाह शफिकले एक सय १३, मोहम्मद रिजवानले अविजित एक सय ३१, इफ्तिखार अहमदले अविजित २२, शाउद सकलिले ३१ तथा इमाम उल हकले १२ रन बनाए। 

बलिङतर्फ श्रीलंकाका लागि दिलशन मदुसन्काले दुई विकेट लिए। 

यसअघि श्रीलंकाका लागि ब्याटिङ गर्ने क्रममा कुशल मेन्डिस र सदिरा समराविक्रमाले शतकीय पारी खेले। मेन्डिसले सर्वाधिक एक सय २२ रनको योगदान दिए। उनले ७७ बल खेल्ने क्रममा १४ चौका र ६ छक्का प्रहार गरे।

त्यस्तै समराविक्रमाले एक सय आठ रन बनाए। उनले ७९ बल खेल्दै ११ चौका र २ छक्का हाने। यस्तै पठुम निसान्काले ६१ बलमा ५१ रन जोडे। उनले यस क्रममा सात चौका र एक छक्का हाने। धनञ्जय डी सिल्भाले ३४ बलमा चार चौकासहित २५, कप्तान दशुन शनाकाले १२ र दुनिथ वेलालागेले १० रन बनाए। 

बलिङतर्फ पाकिस्तानका हसन अलीले चार, हरिस रौफले दुई तथा शाहिन अफ्रिदी, मोहम्मद नवाज र शदाब खानले एक एक विकट लिए। जारी विश्वकपमा  श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग एक सय दुई रनले हारेको थियो।

पाकिस्तानले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .