ad ad

खेल


एसीसी यू-१९ प्रिमियर कप : इरानविरुद्ध नेपालको घातक बलिङ

एसीसी यू-१९ प्रिमियर कप : इरानविरुद्ध नेपालको घातक बलिङ

नेपालखबर
असोज २५, २०८० बिहिबार ११:५१, काठमाडौँ

एसीसी यू–१९ प्रिमियर कपमा इरानविरुद्ध नेपालले घातक बलिङ गरिरहेको छ। 

नेपालले दिएको ३ सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरानले १४ ओभरको समाप्तीमा ५३ रन बनाउँदा ५ विकेट गुमाइसकेको छ। 
नेपालका दीपेश कँडेल र सुवास भण्डारीले समान २ विकेट लिए। आकाश चन्दले १ विकेट लिए। 

त्यसअघि मलेसियाको वाइएसडी यूकेएम ओभल बाँगीमा इरानले टस जितेर फिल्डिङ गरेपछि ब्याटिङ गरेको नेपाल ४०१ ओभरमा ३ सय ५३ रन बनाउँदा अलआउट भयो। 

इरानविरुद्ध कप्तान देव खनालले कीर्तिमनी शतक प्रहार गरे। देवले ६० बलमा १२ चौका र ४ छक्का प्रहार गरे।

यू–१९ टोलीबाट दुई शतक हान्ने देव पहिलो खेलाड हुन्। यसअघि उनले गत फागुनमा आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रनको शतकीय पारी खेलेका थिए। 

तेस्रो विकेटका लागि कप्तान देव खनाल र दीपक बोहोराले १ सय ६६ रनको शतकीय साझेदारी गरेपछि नेपाल विशाल योगफल बनाउन सहयोग गरे। बोहोरा र खनालले ९८ बलमा १ सय १६६ साझेदारी गरे। 

दीपक ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रनमा आउट भए। 

विकेटकिपर दीपक प्रसाद डुम्रे ६९ रनमा आउट भए। दीपेश कँडेल २९, आकाश चन्द १९,  हेमन्त धामी २३, सुवास भण्डारीले १८ रन थपे। 
आकाश त्रिपाठी ३ रनमा आउट हुँदा ओपनर अर्जुन कुमाल र मिलन बोहोरा गोल्डेन डक आउट भए। 

इरानका लागि दद्रहमान राइसी र लमान निज्मान्दले समान ३ विकेट लिए। समान शेखी र जियाद राइसीले समान दुई विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .