ad ad

खेल


बहराइनविरुद्ध नेपालको खराब सुरुवात, गुमायो ३ विकेट

बहराइनविरुद्ध नेपालको खराब सुरुवात, गुमायो ३ विकेट

फाइल तस्बिर


नेपालखबर
असोज २८, २०८० आइतबार ११:१७, काठमाडौँ

एसीसी प्रिमियर कप यू–१९ क्रिकेटमा बहराइनविरुद्ध नेपालले खराब सुरुवात गरेको छ। 

तेस्रो ओभरको खेल जारी रहँदा नेपालले ३ विकेट गुमाएको हो। 

नेपालले पहिलो ओभरको तेस्रो र चौथो बलमा विकेट गुमाएको हो। 

नेपालले पहिलो ओभरको तेस्रो बलमा ओपनर दीपक बोहोरालाई शून्य रनमा गुमाएको थियो।

चौथो बलमै विकेट किपर उत्तम राङगु थापा मगर एलबीडब्लू धरापमा परे। दोस्रो ओभर सकिँदा नेपालले २ विकेटको क्षतिमा १० रन बनाएको छ। 

तेस्रो ओभरको तेस्रो बलमा दीपक प्रसाद डुम्रे १ रनमा क्याच आउट भए। 

तेस्रो ओभरको समाप्तीमा नेपालले ३ विकेट गुमाएर १२ रन बनाएर खेलिरहेको छ। 

क्रिजमा अर्जुन कुमाल १ र कप्तान देव खनाल १ रनमा नटआउट छन्।

त्यसअघि मलेसियाको क्वालाम्पुरस्थित वायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रन बनाउँदा अलआउट भयो। 

बहराइनलाई कम स्कोरमा रोक्न घाटक बलिङ गरेका दीपेश कँडेल एक्लैले ६ विकेट लिए। ९.५ ओभर बलिङ गरेका दीपेशले ८ मेडन राख्दै मात्र ४ रन दिए। 

दुर्गेशले ८ ओभरमा १ मेडन राख्दै २२ रन दिएर ४ विकेट लिए। 

बहराइनका ब्याटरहरु नेपालका बलरसामु लामो समय क्रिजमा टिक्न सकेनन्। 

एक समय १०.५ ओभरमा १७–४ को अवस्थामा रहेको बहराइनका लागि पाँचौँ विकेटका लागि मुहम्मद बसिल अब्दुल हाकिम र अभिनव गिरिस वशिष्टले ४४ रनको साझेदार गर्दै इनिङ्स उकासेका थिए। 

मुहम्मदले सर्वाधिक ३४ रन बनाउँदा दुर्गेशको बलमा बोल्ड आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .