ad ad

खेल


विश्वकप क्रिकेट : इङ्ग्ल्यान्डसामु अफगानिस्तानले दियो २८५ रनको लक्ष्य

विश्वकप क्रिकेट : इङ्ग्ल्यान्डसामु अफगानिस्तानले दियो २८५ रनको लक्ष्य

नेपालखबर
असोज २८, २०८० आइतबार १८:५३, काठमाडौँ

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ग्ल्यान्डसामु जितका लागि दुई सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

भारतको दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा आज टस हारेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८४ रनको योगफल बनायो।

क्रिकेट सम्बन्धिको वेभसाइट इएसपीएन क्रिकइन्फो डट कमका अनुसार अफगानिस्तानका लागि रहमान उल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए। उनले ५७ बलमा आठ चौका र चार छक्का हाने।

गुरबाज र इब्राहिम जद्रानले एक सय १४ रनको साझेदारी गरे। यस क्रममा इब्राहिमले २८ रन जोडे। यस्तै इक्रम अलीखिलले ५८ रन बनाए। उनले ६६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे।

यस्तै मुजिब उर रहमानले २८ रन बनाए। उनले १६ बल खेल्दै तीन चौका र एक छक्का हाने।

राशिद खानले २३, हश्मातुल्लाह शाहिदीले १४, आजमतुल्लाह ओमरजाईले १९ र मोहम्मद नाबीले ९ रन बनाए। 

बलिङतर्फ इङ्ग्ल्यान्डका आदिल राशिदले तीन, मार्क वुडले दुई तथा जो रुटल, रिस टोप्ली र लियाम लिभिङस्टोनले एक एक विकेट लिए।

अहिले इङ्ग्ल्यान्डले जवाफी ब्याटिङ गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .