ad ad

खेल


विश्वकप क्रिकेट : इंग्ल्यान्डविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित

विश्वकप क्रिकेट : इंग्ल्यान्डविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित

नेपालखबर
असोज २९, २०८० सोमबार ७:३८, काठमाडौँ

विश्वकप क्रिकेटमा साविक विजेता इंग्ल्यान्डलाई ६९ रनले हराउँदै अफगानिस्तानले ऐतिहासिक जित हासिल गरेको छ। 

अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक विश्वकप विजेता इंग्ल्यान्डलाई हराएको हो।  

भारतको दिल्लीस्थित अरुण जेट्ली रंगशालामा आइतबार भएको प्रतिस्पर्धामा इंग्ल्यान्डलाई अफगानिस्तानले हराएको हो।

अफगानिस्तानले जितका लागि दिएको २८५ रनको जवाफमा इंग्ल्यान्डको पूरा टिम २१५ रनमा आउट भएको थियो। इंग्ल्यान्डको टोलीले ४०.३ ओभर मात्र खेल्न सक्यो।  

विश्वकपको १३औं खेलमा इंग्ल्याण्डले टस जितेर अफगानिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।

अफगानिस्तानको टोली ४९.५ ओभरमा २८४ रन बनाएर आउट भएको थियो। अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुरबाजले ८० र इक्रामले ५८ रन बनाए।

जवाफमा इंग्ल्यान्डका ब्याट्सम्यानले सोचेअनुसार प्रदर्शन गर्न सकेनन्। ह्यारी ब्रुकले सर्वाधिक ६६ रन बनाए।

अफगानिस्तानका लागि राशिद खान र मुजिब उर रहमानले ३–३ विकेट लिए।

सोही मैदानमा भएको पछिल्लो खेलमा अफगानिस्तान भारतसँग ८ विकेटले हारेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .