ad ad

खेल


त्रिकोणात्मक सिरिजका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा

त्रिकोणात्मक सिरिजका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा

नेपालखबर
असोज २९, २०८० सोमबार १४:५९, काठमाडौँ

घरेलु मैदानमा हुने युएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिजका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार १८ सदस्यीय टोलीको घोषणा गरेको हो।

नेपालले पर्सि बुधबार युएईसँग खेल्दै सिरिजको सुरुआत गर्दैछ। दोस्रो खेलमा बिहीबार हङकङसँग खेल्नेछ। शनिबार पुनः हङकङसँग खेल्ने नेपालले सोमबार युएईसँग खेल्नेछ।
शीर्ष दुईमा रहने टोलीले आगामी शुक्रबार फाइनल खेल्नेछन्।

त्रिकोणात्मक सिरिजपछि नेपालले घरेलु मैदानमा हुने आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्नेछ। विश्वकप छनोटका लागि नेपालले घरेलु मैदानमा त्रिकोणात्मक सिरिज खेल्न लागेको हो।

त्रिकोणात्मक सिरिजमा नेपाल ओमान, मलेसिया र सिंगापुर रहेको समूह ए मा छ। समूह बी मा कुवेत, बहराइन, युएई र हङकङ छन्।

टी–२० विश्वकप छनोट कार्तिक १३ गतेदेखि सुरु हुनेछ।

नेपाली टोलीः
रोहित पौडेल –कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलसन झा, सोमपाल कामी, करण केसी, प्रतिश जि.सी, ललित राजवंशी, अविनास बोहोरा, सागर ढकाल, विनोद भण्डारी (विकेटकिपर), लोकेश बम, सूर्य तामाङ र श्याम ढकाल

यसअघि राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेले व्यक्तिगत कारण देखाउँदै आफ्नो नाम फिर्ता लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .