फिफा विश्वकप छनोट अन्तर्गत पहिलो चरणको दोस्रो लेगमा लाओसविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ। लाओसको नेशनल स्टेडियममा हुने खेल पौने ६ बजे सुरु हुनेछ।
टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले पहिलो लेगबाट तीन खेलाडी परिवर्तन गरेका छन्।
डिफेन्समा पहिलो लेगकै खेलाडीले निरन्तरता पाउँदा मिडफिल्डर र फरवार्ड लाइनमा खेलाडी परिवर्तन गरेका छन्।
नेपाली टोलीको आक्रमणको जिम्मा अञ्जन विष्ट, जिलेस्पी जंग कार्की र मनिष डाँगीलाई दिइएको छ।
मिडफिल्डमा एरिक विष्ट, लाकेन लिम्बु, उत्सव राई, दिनेश हेन्जनले सम्हाल्नेछन्।
डिफेन्समा अनन्त तामाङ, सनिस श्रेष्ठ र रोहित चन्द रहनेछन्। गोलरक्षकमा कप्तान किरण कुमार लिम्बु नियमीत छन्।
नेपालको सुरुआती ११ः
गोलरक्षकः किरण कुमार लिम्बु (कप्तान)
डिफेन्डरः अनन्त तामाङ, सनिस श्रेष्ठ र रोहित चन्द
मिडफिल्डरः लाकेन लिम्बु, उत्सव राई, दिनेश हेन्जन
फरवार्डः जिलेस्पीजंग कार्की, अञ्जन विष्ट, मनिष डाँगी
Shares
प्रतिक्रिया