ad ad

खेल


नेपालद्वारा युएई ७ विकेटले पराजित

नेपालद्वारा युएई ७ विकेटले पराजित

तस्बिर : सरोज नेपाल


नेपालखबर
कात्तिक १, २०८० बुधबार १६:४०, काठमाडौँ

कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ९३ रनको साझेदारी गरेपछि घरेलु मैदानमा सुरु त्रिकोणात्मक टी २० आई सिरिजमा नेपालले विजयी सुरुआत गरेको छ।

बुधबार भएको खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो।

युएईले दिएको १ सय ४१ रनको लक्ष्य नेपालले ७ बल अगावै ३ विकेट गुमाउँदै भेट्टायो।

चौथो विकेटका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरिले ९३  रनको साझेदारी गरेपछि नेपालले सहज जित निकालेको हो।

एक समय ८.५ ओभरमा ३–५१ को अवस्थामा रहेको नेपाललाई जिततर्फ अघि बढाएका थिए।

कप्तान पौडेल ५१ र ऐरि ३४ रनमा नटआउट रहे। ४० बलको सामना गरेका कप्तान पौडेलले ५ चौका हाने। ऐरीले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

ओपनर कुशल भुर्तेल निलान्स केस्वानीको बलमा १४ रनमा अलि नसिरको हातबाट क्याच आउट भए।

कुशल मल्ल ११ रन बनाउँदा नसिरले नै रन आउट गराए। आशिफ शेख २३ रनमा क्याच आउट भए। २७ बलमा २ चौका र १ छक्का हानेका आशिफ नसिर कै बलमा मोहम्मद वसिरको हातबाट क्याच आउट भए।

त्यसअघि माथिल्लो मुलपानी त्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्यााटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४० रनको योतफल तयार पारेको थियो।

युएईविरुद्ध नेपालका करण केसी एक्लैले ३ विकेट लिए। करणले आफ्नो स्पेलमा ३ विकेट लिँदा १९ रन खर्चे।

गुलसन झाले दुई तथा सोमपाल कामी र अविनास बोहोराले समान १ विकेट दिए।

युएईका लागि बसिल अहमदले सर्वाधिक ५१ रनको योगदान दिए। उनले ३८ बलमा १ चौका र ४ छक्का हाने। अलि नसिरले ३२ रन थपे। कप्तान मोहम्मद वसिमले १७ तथा आशिफ खानले १५ रन बनाए।

नेपालले भोलि बिहीबार हङकङसँग खेल्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .