ad ad

खेल


प्रिमियर कप : साउदीलाई हराउनैपर्ने दबाबमा नेपाल

प्रिमियर कप : साउदीलाई हराउनैपर्ने दबाबमा नेपाल

फाइल तस्बिर


नेपालखबर
कात्तिक २, २०८० बिहिबार ७:२०, काठमाडौँ

एसीसी यू १९ प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली युवा क्रिकेट टोली आज बिहीबार साउदी अरबसँग खेल्दै छ।

मलेसियाको नेसनल युनिभर्सिटी अफ मलेसिया क्रिकेट ओभल बांगीमा हुने खेल बिहान सवा ७ बजे सुरु हुनेछ। 

समूह एको अन्तिम खेलमा नेपालले साउदीलाई हराए सेमिफाइनलमा पुग्नेछ। 

समूह एमा नेपाल ४ अंकमा समूहको शीर्ष स्थानमा छ। समान अंक भएको साउदी दोस्रो स्थानमा छ। नेपाल नेट रनरेटमा साउदी अरबभन्दा अघि छ। नेपाललाई उपाधि विजेताका रुपमा हेरिएको छ। 

यो समूहबाट बहराइन तेस्रो र इरान चौथो स्थानमा छन्। 

पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको नेपालले दोस्रो खेलमा इरानलाई ७ विकेटले हराएको थियो। 

उता साउदीले भने बहराइनलाई ६७ रन र इरानलाई ४ विकेटले हराएको थियो। 

प्रिमियर कपमा चार समूहका शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। 

फाइनलमा पुग्ने २ टोली र तेस्रो स्थानमा रहने टोली तीन टोलीले एसिया कपमा स्थान बनाउनेछन्। 

सेमिफाइनल खेल यही कात्तिक ५ गते हुनेछ।

पहिलो सेमिफाइनलमा समूह ए र डी का शीर्ष स्थानमा रहने टोलीबीच स्पर्धा हुनेछ। 

दोस्रो सेमिफाइनलमा समूह बी र सी का शीर्ष स्थानमा रहने टोली भिड्नेछन्। 

फाइनल र तेस्रो स्थानको खेल कार्तिक ७ गते हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .