ad ad

खेल


हङकङविरुद्ध जारी खेलमा नेपालले गुमायो चौथो विकेट

हङकङविरुद्ध जारी खेलमा नेपालले गुमायो चौथो विकेट

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०८० शनिबार १२:४, काठमाडौँ

त्रिकोणात्मक सिरिजअन्तर्गत हङकङविरुद्ध जारी खेलमा नेपालले चौथो विकेट गुमाएको छ। 

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ५५ रन जोड्दा ४ विकेट गुमाएको हो। 

नेपालले हङकङसँगको खेलमा सुरुवातदेखि नै खराब प्रदर्शन गरिरहेको छ। 

आठौँ ओभरमा कप्तान रोहित पौडेल ११ रन बनाएर आउट भए भने त्यसअघि ५.६ ओभरमा ओपनर आसिफ शेख २० रन बनाएर आउट भए।

यस्तै सोमपाल कामी ८ रन र कुशल भुर्तेल २ रन बनाएर आउट भए।  

अहिले कप्तान कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी ब्याटिङ गर्दै छन्। नेपालले १० ओभरमा ४ विकेट गुमाएर ६७ रन जोडेको छ।

हङकङ र यूएईसहितको टी–२० सिरिजमा नेपालले दुई खेल जितेको छ। 

नेपालले गत बिहीबार हङकङलाई ६ विकेट र गत बुधबार यूएईलाई ७ विकेटले हराएको हो। 

भोलि आइतबार हङकङ र यूएईबीच प्रतिस्पर्धा हुँदै छ भने पर्सि सोमबार नेपाल र यूएई तथा बुधबार हङकङ र यूएई भिड्दै छन्। 

अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोलीबीच शुक्रबार फाइनल खेल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .