ad ad

खेल


टी २० आई त्रिकोणात्मक सिरिजमा नेपालले अपराजित रहेर फाइनल खेल्ने

टी २० आई त्रिकोणात्मक सिरिजमा नेपालले अपराजित रहेर फाइनल खेल्ने

नेपालखबर
कात्तिक ६, २०८० सोमबार १४:५०, काठमाडौँ

अलराउण्डर दिपेन्द्र सिंह ऐरिको आक्रामक ब्याटिङ र आशिफ शेखको अर्धशतकमा घरेलु टोली टी २० आई त्रिकोणात्मक सिरिजमा अपराजित रहेर फाइनल खेल्ने भएको छ।

यसअघि नै फाइनलमा पुगिसकेको नेपालले सिरिजको अन्तिम खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै फाइनल खेल्ने भएको हो।

युएईले दिएको १ सय ६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले ४ बल अगावै ५ विकेटको क्षतिमा भेट्टायो।

ओपनर आशिफ शेख ६२ रनमा मुहम्मद जवादुल्लाहको बलमा बोल्ड आउट भए। ५० बलको सामना गरेका आशिफले ६ चौका र २ छक्का हाने।

कुशल भुर्तेल १ रनमा बोल्ड आउट भए। कुशल मल्ल शून्य रनमा रनआउट भए। सोमपाल कामी २ रनमा क्याच आउट भए।

खराब सुरुआत गरेको नेपालका लागि चौथो विकेटका लागि आशिफ र कप्तान रोहित पौडेलले ९९ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए।

कप्तान रोहित पौडेल ४७ रन बनाउँदा क्याच आउट भए। ४२ बलमा ४ चौका र १ छक्का हानेका रोहित लामो सट खेल्ने धुनमा जाहुर खानको बलमा अलि नसिरको हातबाट क्याच आउट हुन पुगे।

दिपेन्द्र सिंह ऐरि ३९ शर गुलसन झा शून्य रनमा नटआउट रहे। आक्रामक ब्याटिङ गरेका ऐरिले १४ बलमा ६ चौका र १ छक्का हान्दै नटआउट रहे।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको थियो।

नेपालका सोमपाल कामी र अविनास बोहोराले समान २ विकेट लिए। गुलसन झा र करण केसीले समान एक विकेट आफ्नो नाममा गरे।

अविनासले आफ्नो स्पेलमा २ विकेट लिदा २८ रन खर्चे।

सोमपालले युएईका दुवै ओपनरलाई पवेलियनको बाटो देखाए। सोमपालले आफ्नो स्पेलमा ३३ रन खर्चे।

युएईका कप्तान तथा ओपनर मुहम्मद वसिम ८ रन बनाउँदा सोमपालको बलमा गुलसन झाको हातबाट क्याच आउट भए।

अर्का ओपनर खालिद शाह १२ रनमा बोल्ड आउट भए। ५१ बलमा ४ चौका हान्दै ४५ रन बनाएका वृत्या अरविन्दलाई अविनास बोहोराले बोल्ड आउट गरे।

बसिर अहमद ४५ रन बनाउँदा अविनासको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट भए।

आशिफ खान १८ रन बनाउँदा गुलसन झाको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए।

आलिसान सराफु ९ रन बनाउँदा रन आउट भए। अलि नसिर ९ रनमा करणको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट भए।

निलन्स केसवानी ८ र अखिफ राजा ५ रनमा नकआउट रहे।

सिरिजको पहिलो खेलमा युएई नेपालसँग ७ विकेटले पराजित भएको थियो।

फाइनल खेल शुक्रबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .