ad ad

खेल


पाकिस्तानलाई हराएपछि जब राशिद खान र इरफान पठान नाच्न थाले (भिडिओ)

पाकिस्तानलाई हराएपछि जब राशिद खान र इरफान पठान नाच्न थाले (भिडिओ)

नेपालखबर
कात्तिक ७, २०८० मंगलबार ९:२३, काठमाडौँ

सोमबार भएको विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हरायो। अफगानिस्तानले दुई विकेट गुमाएर २८३ रनको लक्ष्य पूरा गरेको थियो।

अफगानिस्तानका स्टार बलर राशिद खानले यो जित विश्वकप जितेजस्तै लागेको बताएका छन्। 

उनले भने, ‘विश्वकप जितेकोजस्तै महसुस भयो। हामीले यसअघि पाकिस्तानसँग सात खेल खेलेका थियौँ, जसमा कहिल्यै जितेनौँ। तर हामीमा आत्मविश्वास थियो।’

यसैबीच आफ्नो टोलीको जितमा राशिद खान नाचेको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जितपछि मैदानमा नाचिरहेका राशिद खानलाई साथ दिएका छन्– भारतीय पूर्व फास्ट बलर इरफान पठानले। 

हेर्नुहोस् तल भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .