ad ad

खेल


उपाधिका लागि आज नेपाल र यूएई भिड्दै

उपाधिका लागि आज नेपाल र यूएई भिड्दै

फाइल तस्बिर


नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार ७:२९, काठमाडौँ

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० आइ सिरिजको उपाधिका लागि आज नेपाल र यूएई भिड्दैछन्। 

शुक्रबार बिहान ११ बजेदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र युएईबीच फाइनल हुन लागेको हो। नेपालले अपराजित रहेर फाईनल खेल्न लागेको हो। 

सिरिजमा नेपालले हङकङ र यूएईलाई समान दुई खेलमा हराएको थियो।

उता यूएई भने सिरिजको अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भए पनि नेट रनरेटमा अघि रहँदै फाइनल खेल्न लागेको हो। 

यूएईले हङकङलाई एक खेलमा हराएको थियो।  

समान २ अंक भएपनि यूएईले नेट रनरेटको कारण फाइनल खेल्न लागेको हो।

नेपालले पछिल्लो खेलमा यूएईलाई ५ विकेटले हराएको थियो। सिरिजपछि नेपालले घरेलु मैदानमा नै आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .