ad ad

खेल


सबै खेल फाइनल सरह हुनेछन् : कुशल भुर्तेल

सबै खेल फाइनल सरह हुनेछन् : कुशल भुर्तेल

नेपालखबर
कात्तिक १३, २०८० सोमबार १६:२८, काठमाडौँ

नेपाल क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले सिंगापुरमाथि आठ विकेटको जित निकालेपछि हरेक खेल फाइनलसरह नै खेल्ने बताएका छन्। आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट छनोटअन्तर्गत एशिया क्वालिफायरको पहिलो खेलमा सोमवार सहज जित निकालेपछि कुशलले सबै खेल फाइनलसरह नै खेल्ने प्रतिक्रिया दिएका हुन्। 

उनले सबै खेल फाइनल जसरी खेल्ने लक्ष्य रहेको पनि उल्लेख गरे। पहिलो खेलमा सबै खेलाडीले राम्रो उल्लेख गर्दै कुशलले हरेक खेल फाइनल जसरी खेल्ने धारणा राखे। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १४५ रनको लक्ष्य नेपालले १६.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्दै जारी विश्वकप छनोटमा सुखद् सुरुवात गरेको छ। नेपालको जितमा कुशलले ४८ बलमा ७५ रन बनाए। उनको इनिङमा आठ चौका र दुई छक्का रह्यो।

नेपाललाई जितका लागि पाँच रन आवश्यक हुँदा उनी अन्तत कृष्णको बलमा आउट भए। तर, लगत्तै ब्याटिङ गर्न आएका कुशल मल्लले पहिलो बलमा नै छक्का प्रहार गर्दै २१ बल अगावै जित सुरक्षित गराए।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आफ्ना प्रशिक्षक मोन्टी देसाईको लगातारको भरोसालाई सही सावित गर्न सकेकोमा खुसी लागेको बताए।।

उनले पछिल्ला खेलमा आफ्नो प्रदर्शन राम्रो हुन नसके पनि प्रशिक्षक देसाई आफूमाथि लगातार विश्वास गरिरहेको पनि उल्लेख गरे। मुलपानीमा पछिल्ला खेलहरू आफ्ना लागि राम्रो नभए पनि प्रशिक्षक मोन्टी देसाईले विश्वास गरिराख्दा यस किसिमको प्रदर्शन सम्भव भएको पनि धारणा राखे।

कुशलले सिंगापुरबिरुद्ध ७४ रनको अर्धसतक प्रहार गरेका थिए। गत त्रिकोणात्मक श्रृंखलाको फाइनलमा पनि उनले संयुक्त अरब इमिरेट्स(युएई)सँग ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए। लगातार अर्धशतक प्रहार गरेका कुशलले ढेड वर्षपछि पहिलो विकेटका लागि आसिफ सेखसँग ८४ रनको अर्धसतकीय साझेदारी पनि गरेका छन्।

कुशलले आसिफ शेखसँग पछिल्ला २/३ वर्षदेखि नियमित ओपनिङ गरिरहेकाले एकअर्काप्रति राम्रो कमिनिकेसन हुने गरेको बताएका छन्। तर, सोमवार आसिफसँग ढेड वर्षपछि अर्धसतकीय साझेदारी गर्न सक्दा निकै खुशी भएको पनि प्रतिक्रिया दिएका छन्।

सिंगापुरसँगको खेल अगाडि नेपालका अलराउण्ड दीपेन्द्रसिंह ऐरी घाइते हुन पुगेका थिए। अभ्यासका क्रममा गोलीगाठोमा चोट बोकेका दीपेन्द्रको पुनरागमनबारे अहिले नै केही भन्न नसकिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

कुशलले वर्षको अन्तिम प्रतियोगिताका रूपमा रहेको विश्वकप छनोटमा नेपालका महत्ववपूर्ण अलराउण्डर दीपेन्द्रसिंह चोटग्रस्त हुँदा निकै दुःख लागेको बताए। बिहान फिल्डिङ गर्दा दीपेन्द्रको एन्कलमा चोट लागेको थियो। उनी चोट बोकेर बाहिरिनु पर्दा धेरै दुःख लागेको छ। नेपाली राष्ट्रिय टोलीका अलराउण्डर गुल्सन झाले शतप्रतिशत आफूहरू विश्वकपमा छनोट हुने बताए।

नेपालको इनिङमा आसिफले २७ रन र कप्तान रोहित पौडेलले २४ बलमा ३५ रन बनाए पछि नेपालले सहज जित निकालेको थियो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रनको मध्यम योगफल खडा ग¥यो।

खराब सुरुवात गरेको सिंगापुरका लागि ओपनर रोहन रंगराजनले सर्वाधिक ४६ रनको योगदान दिए। मनप्रीत सिंहले २४ रन र आर्यावीर चौधरीले ३७ रन जोडे। त्यसबाहेक अन्य ब्याटर भने क्रिजमा जम्न सकेनन्।

नेपालको इनिङमा अविनाश बोहोराले तीन विकेट तथा सन्दीप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई विकेट लिए। समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल जित्दै सुखद् शुरुवात गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .