लेग स्पिनर सन्दीप लामिछानेले आईसीसी टी २० विश्वकप एसिया छनोट फाइनलमा मलेसियाको तेस्रो विकेट झारेका छन्।
सन्दीपले ११ औं ओभरको दोस्रो बलमा विरनदिप सिंहलाई ४ रनमा आउट गराए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले ११ औं ओभरको खेल जारी रहँदा ३ विकेट गुमाएर ८९ रन बनाएर खेलिरहेको छ।
अविनास बोहोराले पाचौँ ओभरको पाचौँ बलमा जुवैदी जुलफिकीलाई २४ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराए। अहमद फैज ३ रनमा रन आउट भए।
51
Shares
प्रतिक्रिया