ad ad

खेल


दीपेन्द्र दुई महिना मैदान बाहिर

दीपेन्द्र दुई महिना मैदान बाहिर

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १८:२०, काठमाडौँ

नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनलका बाँकी सबै खेल गुमाउने भएका छन्।

ऐरी सिंगापुरविरुद्धको खेलअघि भएको अभ्यास खेलका क्रममा लडेर घाइते भएका थिए। उनको बाँया खुट्टाको एंकलमा चोट लागेको छ। 

ऐरीको खुट्टा निको हुन अझै एक÷दुई महिना लाग्ने नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले बताएका छन्। 

मंगलबार मलेसियासँगको खेलपछि पत्रकारसँगको कुराकानीका क्रममा उनले ऐरीको खुट्टा निको हुन एक दुई महिना लाग्ने र त्यो समयमा मैदान बाहिर रहने बताएका छन्। 

योसँगै दीपेन्द्रले विश्वकप छनोट गुमाउने पक्का भएको छ।

सोमबार दीपेन्द्र प्लेइङ ११ मा रहेपनि चोट लागेपछि उनको स्थानमा विवेक यादवलाई खेलाएको थियो।

ऐरीलाई आज एमाआरआईका लागि अस्पताल लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .