ad ad

खेल


ओमानलाई नेपालले दियो १८५ रनको चुनौती

ओमानलाई नेपालले दियो १८५ रनको चुनौती

नेपाली कप्तान रोहित पौडेल। तस्बिर : सरोज नेपाल


नेपालखबर
कात्तिक १९, २०८० आइतबार १२:४१, काठमाडौँ

कप्तान रोहित पौडेल र अलराउण्डर गुल्सन झाको अर्धशतक मद्दतमा घरेलु टोली नेपालले आइसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानसामु १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको हो। 
कप्तान रोहित पौडेल ५२ र करण केसी २० रनमा नटआउट रहे। 

कप्तान रोहितले ३७ बलमा ५ चौका र २ छक्का मद्धतमा ५२ रनमा अविजित रहे। रोहितले ३६ बलमा ५ चौका र २ छक्का मद्दतमा अर्धशतक पूरा गरे। टी २० आइमा रोहितको यो पाचौं अर्धशतक हो। 

६ बलमा १ चौका र २ छक्का हानेका करण २० रनमा नटआउट रहे। 

पाचौं विकेटका लागि गुल्सन झा  कप्तान पौडेलले ७८ रनको साझेदारी गरे। 

नेपालका लागि गुल्सन झा ले सर्वाधिक ५४ रनको योगदान दिए। २५ बलमा ५ चौका र ४ छक्का हानेका गुल्सन विलाल खानको बलमा शकिल हमिदको हातबाट क्याच आउट भए। 

टी २० आईमा पहिलो अर्धशतक पूरा गर्ने क्रममा गुल्सनले २० बलमा ५ चौका र ४ छक्का मद्धतमा अर्धशतक पूरा गरे। 

ओपनर कुशल भुर्तेल ३१ रनमा क्याच आउट भए। आठौ ओभरको पहिलो बलमा कुशल ३१ रन बनाएर क्याच आउट भए।

२२ बलमा ३ चौका र २ छक्का हानेका कुशल अकिब इलियासको बलमा मेहरन खानको हातबाट क्याच आउट भए।

सन्दीप जोरा १० रन बनाएर पवेलियन फर्के। दशौं ओभरको अन्तिम बलमा कुशल मल्ल बोल्ड आउट भए। तेस्रो ओभरको चौथो बलमा आशिफ शेखलाई गुमाएको थियो।

६ रन बनाएका आशिफ विलाल खानको बलमा कश्यक प्रजापतिको हातबाट क्याच आउट भए। विवेक यादव १ रनमा क्याच आउट भए। 

ओमानका लागि विलाल खान एक्लैले तिन विकेट लिए। अकिब इलियास दुई विकेट झारे। जेशस मक्सुदको नाममा एक विकेट रह्यो। 
ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .