ad ad

खेल


विश्वकप छनोट दोस्रो चरण : नेपालले यमनसँग मंसिर पहिलो साता खेल्ने

विश्वकप छनोट दोस्रो चरण : नेपालले यमनसँग मंसिर पहिलो साता खेल्ने

एन्फाको पत्रकार सम्मेलन। तस्बिर : सरोज नेपाल


नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १२:५, काठमाडौँ

फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दोस्रो चरण र एएफसी एसियन कप २०२७ को छनोट अन्तर्गत पहिलो लेगमा नेपाल र यमन मंसिर पहिलो साता भिड्ने भएका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार पत्रकार सम्मेलन गर्दै खेलका लागि तयारी तीव्र पारिएको जानकारी दिएको हो। 

नेपाल र यमनबीचको पहिलो लेग मंसिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। खेल बेलुका ७ बजे सुरु हुनेछ। 

नेपाल फिफा वरियताको १ सय ७३ औं स्थानमा छ। यमन भने वरियताको १ सय ५६ औं स्थानमा छ। 

छनोट खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २६ सदस्यीय टोलीलाई प्रशिक्षण दिइरहेका छन्। 

दोस्रो चरणको छनोटका लागि कर्मसियल र सम्पुर्ण मिडिया राइट्स सिंगापुरस्थित स्पोर्टस् फाइभलाई दिएको छ। 

नेपाल र यमनबीचको खेल हेर्नका लागि साधारण प्यारापिटतर्फ ४ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ। 

खेलको टिकटहरु सबै एन्फा आफैले बेन्चेछ। खेलका टिकटहरु खेल हुने दिन बिहान दशरथ रगंशाला परिसरमा नै विक्रि गर्ने एन्फाले जनाएको छ। 

यमनले च्यासलस्थित च्यासल रंगशालामा प्रशिक्षणको व्यवस्था मिलाएको छ। प्रतियोगिता आयोजना गर्न ७३ लाख ६८ हजार ४ सय रुपैयाँ खर्च लाग्ने अनुमान एन्फाले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .