अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभाबाट अध्यक्ष पंकजविक्रम नेम्वाङले विश्वासको मत पाएका छन्।
गत भदौ २५ मा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए। नेम्वाङको विश्वासको मतका लागि आज विशेष साधारण सभा गरिएको हो।
सभामा भएको मतदान प्रक्रियामा नेम्बाङले ५२ मत पाएका छन्। उनको विपक्षमा मत खसेन।
८७ जना मतदाता रहेकाेमा ५३ जनाले मतदान गरे। एक मत भने बदर भएको छ।
साधारणसभामा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्तीको एक मात्र एजेन्डामा मतदानको तयारी गरिएको थियो। नेम्वाङमाथिको अविश्वास प्रस्तावमाथि गोप्य मतदान हुँदा उनको पक्षमा दुई तिहाई बहुमत पुग्दा अध्यक्ष नेम्वाङको पद जोगिएको छ।
एन्फा अध्यक्ष नेम्वाङविरुद्ध ‘अविश्वासको प्रस्ताव’मा मतदान सुरु
285
Shares
प्रतिक्रिया