ad ad

खेल


कोपा अमेरिका: सुआरेज पेनाल्टी चुक्दा उरुग्वे बाहिरियो, पेरु सेमिफाइनलमा

कोपा अमेरिका: सुआरेज पेनाल्टी चुक्दा उरुग्वे बाहिरियो, पेरु सेमिफाइनलमा

नेपालखबर
असार १५, २०७६ आइतबार ३:१९,

लुइस सुआरेज पेनाल्टीमा गोल गर्न चुकेपछि उरुग्वे कोपा अमेरिका २०१९ को क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

सुआरेज चुकेसँगै पेरुले पेनाल्टी सुटआउटमा उरुग्वेमाथि ५-४ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनायो। 

निर्धारित ९० मिनेटमा दुबै टोलीले गोल गर्न नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको थियो। 

पेनाल्टीको पहिलो प्रहारमा नै सुआरेजको  गोल गर्न असफल रहे। उनको प्रहारलाई विपक्षी गोल रक्षकले बिफल बनाइदिएका थिए।

उनीबाहेक उरुग्वेका एडिन्सन काभानी, क्रिस्टियन स्टुआनी, रोड्रीगो बेन्टान्कुर र लुकास टोरेराले गोल गरे ‌‌‌। पेरुका लागि पाउलो गुरेरो, राउल रुईडाज, योशीमार योटुन, लुइस एड्भिनकुला र एडिसन फ्लोरेस गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्‍याए।

जितसँगै पेरुले अब सेमिफाइनलमा चिलीको सामना गर्नेछ। 

योसँगै कोपा अमेरिकाको सेमिफाइनल समिकरण पनि पूरा भएको छ। सेमिफाइनलमा ब्राजिल, अर्जेन्टिना, चिली र पेरु पुगेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .