ad ad

खेल


अनिल शाह र गुल्शन झा पनि आउट, नेपालको ४ विकेट झर्‍यो

अनिल शाह र गुल्शन झा पनि आउट, नेपालको ४ विकेट झर्‍यो

नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपालका गुल्शन झा र अनिल शाह। तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १२:९, काठमाडौँ

टी–२० आई क्रिकेटमा नामिबियाविरुद्ध नेपालले चार विकेट गुमाएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले नवौँ ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा ६९ रन बनाएर खेलिरहेको छ। 

छैटौँ ओभरको अन्तिम बलमा २३ रन बनाएका ओपनर अनिल शाह आउट भए। १७ बलमा ३ छक्का हानेका अनिल लोफ्टी इटोनको बलमा विकेट किपरबाट हातबाट क्याच आउट भए। 

२६ रन बनाएका गुल्सन झा एलबीडब्लु धरापमा परे। उनले १६ बलमा १ चौका र ३ छक्का हाने। 

त्यसअभि चौथो ओभरको चौथो बलमा १० रनमा आउट भए। आशिफ शेख १ रनमा आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .