ad ad

खेल


पेरिस ओलम्पिकमा नेपाली टिमका सदस्यले लगाउने छन् फ्रान्सकै कोमोरेबीको पोसाक

पेरिस ओलम्पिकमा नेपाली टिमका सदस्यले लगाउने छन् फ्रान्सकै कोमोरेबीको पोसाक

नेपालखबर
फागुन २०, २०८० आइतबार १९:४९, काठमाडौँ

फ्रान्सको पेरिसमा हुने ३३ औं गृष्मकालीन ओलम्पिकमा सहभागी हुने नेपाली टिमको पोसाकका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आइतबार कोमोरेबीसँग सम्झौतामा हस्ताक्षर गरेको छ।

एनओसीका लागि कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र कोमोरेबीका लागि सीईओ ड्यानिएल भालेटिनले सम्झौतामा हस्ताक्षर गरे।

कोमोरेबी फ्रान्सेली टेक्सटाइल कम्पनी हो। सम्झौता अनुसार पेरिस ओलम्पिक्समा सहभागी हुने नेपाली टिमका सदस्यलाई कोमोरेबीले पोसाक उपलब्ध गराउने छ।

सम्झौता चार वर्षको रहेको छ र यस अनुसार कोमोरेबी नेपाली ओलम्पिक टिमको आधिकारिक पोसाक साझेदार हुनेछ।

सम्झौता अनुसार कोमोरेबीबीचले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एसियाअन्तर्गत हुने प्रतियोगितामा पनि नेपाली टिमलाई पोसाक उपलब्ध गराउने छ।

यसमा गृष्मकालीन र शीतकालीन ओलम्पिक्स, गृष्मकाली र शीतकालीन एसियाली खेलकुद, गृष्मकाली र शीतकालीन युथ ओलम्पिक्स, एसियन बिच गेम्स र दक्षिण एसियाली खेलकुद रहेका छन्।

एनओसीको अनुरोधमा कोमोरेबीचले उपलब्ध गराउने पोसाकमा अन्य संस्थानको लोगो पनि राख्न सकिनेछ। कोमोरेबीले उपलब्ध गराउने सबै पोसाकमा एनओसीको स्वीकृति चाहिनेछ।

एनओसीको मुख्यालय सातदोबाटोमा आयोजित कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको पनि उपस्थिति थियो।

त्यस अवसरमा अध्यक्ष श्रेष्ठले यो अनुबन्धले नेपाली खेलकुदमा नयाँ आयाम थपेको बताए। यस्तै उनले नेपाल र फ्रान्सबीच रहेको सुमधर सम्बन्ध अझै प्रगाढ हुने विश्वास पनि पोखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .