यसै साता साउदी अरबमा सम्पन्न वाफ महिला च्याम्पियनसिपमा उपविजेता भएर स्वदेश फर्किएका राष्ट्रिय महिला टोलीका ४ खेलाडी नगदसहित सम्मानित भएका छन्।
धुम्बाराहीमा रहेको इन्साइट भिजन सेकेन्डरी स्कुलले आइतबार एक कार्यक्रमकाबीच राष्ट्रिय टोलीका डिफेन्डर पूजा राना, मिडफिल्डरद्वय अनिता बस्नेत, सविता राना मगर र फरवार्ड रेखा पौडेललाई नगदसहित सम्मान गरेको हो।
इन्साइज भिजन स्कुलले राष्ट्रिय टोलीका चार खेलाडीलाई प्रोत्साहन स्वरुप जनही १० हजार रुपैयाँ प्रदान गरेको जनाएको छ।
स्कुलले राष्ट्रिय टोलीकै मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बालाई पनि सम्मान गर्ने कार्यक्रम बनाएपनि उनी फ्रान्समा रहेकाले स्वदेश फर्केपछि सम्मान गर्नेछ।
पहिलो पटक आमन्त्रित टोलीका रुपमा वाफमा सहभागी भएको नेपाली टोली उत्कृष्ट प्रर्दशन गर्दै उपविजेताको रुपमा शुक्रबार स्वदेश फर्किएको थियो।
च्याम्पियनसिपमा अपराजित रहँदै फाइनल पुगेको नेपालले पाँच पटकको च्याम्पियन जोर्डनलाई निर्धारित समयमा २–२ को बराबरीमा रोकेको थियो।
टाइब्रेकरमा भने नेपाल अभागी बन्दा ३८ वर्षमा ११ औँ फाइनल खेलमा पनि उपविजेतामा सिमित बन्यो।
Shares
प्रतिक्रिया