स्पेनिस ला लिगामा बार्सिालोना बराबरीमा रोकिएको रात जिरोनाले भने हार व्यहोरेको छ।
बार्सिलोना र जिरोनाको नतिजाले रियल मड्रिडलाई भने फाइदा पुगेको छ।
गएराति भएको खेलमा बार्सिलोना एथलेटिको बिल्वाओसँग गोलरहित बराबरीमा रोकिएको छ।
गएराति नै भएको खेलमा भने घरेलु टोली रियल मलोर्कासँग १–० ले पराजित भयो।
मलोर्काको जितमा जोस कोपेटले गरेको गोल नै निर्णायक बन्यो। खेलको ३३औं मिनेटमा गरेको गोल नै मलोर्काका लागि निर्यायब भयो।
हारसँगै जिरोनाले शीर्षस्थानको रियलसँगको अंकदुरी घटाउने मौका गुमायो।
२७ खेलबाट ५९ अंक भएको जिरोना दोस्रो स्थानमा छ। समान खेलबाट ५८ अंक भएको बार्सिलोना तेस्रो स्थानमा छ। शीर्ष स्थानको रियल मड्रिडको ६६ अंक छ।
गएराति नै भएको अर्को खेलमा एथलेटिको मट्रिडले रियल बेटिसलाई २–१ ले पराजित गरेको छ। अर्को खेलमा भिल्ला रियलले ग्रानडामाथि ५–१ को फराकिलो जित निकालेको छ।
Shares
प्रतिक्रिया