मार्योकालाई हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ।
शुक्रबार राति भएको खेलमा बार्सिलोनाले मार्योकालाई १–० ले हराएको हो।
युवा विंगर लामिन यामालले गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बनेको हो।
१६ वर्षीय यामाल खेलको ७३औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा गोल गरेका हुन्।
यो जितसँगै बार्सिलोना २८ खेलबाट ६१ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ भने शीर्ष स्थानमा रहेको रियल मड्रिडसँगको अंक दूरी ५ मा झारेको छ।
एक खेल कम खेलेको रियल ६६ अंकसहित शीर्ष स्थानमा छ।
बार्सिलोनाभन्दा एक खेल कम खेलेको जिरोना ५९ अंकसहित तेस्रो स्थानमा छ।
15
Shares
प्रतिक्रिया