त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपाल आज पपुवा न्युगिनीविरुद्ध खेल्दै छ।
हङकङमा जारी सिरिजअन्तर्गत नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ।
पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो।
यसअघि आइतबार भएको नेपाल-हङकङबीचको पहिलो खेल भने वर्षाका कारण सद्द भएको थियो।
नेपालसँगको खेलपछि पपुवा न्युगिनीले आजै हङकङकसँग खेल्नेछ।
फाइनलमा पुग्न पपुवा न्युगिनीले नेपाललाई जित्नै पर्ने हुन्छ।
216
Shares
प्रतिक्रिया