फिफा विश्वकप दोस्रो चरण छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार मलेसियासँग अभ्यास खेल खेल्दै छ।
मलेसियाको साह आलमस्थित युआईटीएम स्टेडियममा हुने खेल साँझ पौने ८ बजे
सुरु हुनेछ।
यो खेल बन्द रगंशालामा हुनेछ।
टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले प्रारम्भिक टोलीमै नपरेका ६ नयाँ खेलाडीलाई थप्दै मलेसिया पुगेका छन्।
टोलीमा भरत खवासले भने पुनरागमन गरेका छन्।
टोलीमा परेका दिप कार्की, आयुष घलान लगायतका खेलाडी बन्द प्रशिक्षणमा सामेल नभएपछि प्रशिक्षकले नयाँ खेलाडी थप्दै मलेसिया पुगेका हुन्।
टोलीमा अजय चौधरी, अभिषेक लिम्बु, सौभाग्य राई (सन्जित), विशाल बस्नेत, रोहन कार्की र समिर तामाङले पहिलो पटक स्थान बनाएका छन्।
मलेसियासँगको अभ्यास खेलपछि नेपाली टोली बहराइन जानेछ। विश्वकप छनोट अन्तर्गत नेपाल र बहराइनबीचको दुबै खेल नेपालले अवे मैदानमा खेल्नेछ।
नेपालको एकमात्र अन्तराष्ट्रियस्तरको दशरथ रगंशाला खेल्न अयोग्य भएपछि नेपालले दुवै खेल बहराइनमा खेल्ने भएको हो।
विश्वकप छनोट खेल्ने नेपाली टोली
गोलकिपर – किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार
डिफेन्डर – अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), सुमित श्रेष्ठ
मिडफिल्डर – भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई
फरवार्ड – अन्जन विष्ट, दीनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव विष्ट, जिलेस्पी जंग कार्की
Shares
प्रतिक्रिया