भारतको कोलकातामा भएको एक कार्यक्रममा गौतम गम्भीरले भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्ने विषयमा बोलेका छन्।
बीबीसी हिन्दीका अनुसार मुख्य प्रशिक्षकको प्रश्नमा उनले भने, ‘मैले यति अगाडि सोचेको छैन। अहिले यसको जवाफ दिन गाह्रो छ।’
‘अहिले म भन्न सक्छु कि म यहाँ खुसी छु। मैले भर्खर केकेआरसँग आईपीएल यात्रा पूरा गरेँ। हामी तेस्रोपटक च्याम्पियन बन्यौँ। हामी सबैले धेरै आनन्द उठायौँ।’
उनले थपे, ‘अब जे हुन्छ भविष्यमा हुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने अहिले म धेरै खुसी ठाउँमा छु।’
भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक राहुल द्रविडको कार्यकाल जुनमा सकिँदै छ।
त्यसैले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) नयाँ प्रशिक्षकको खोजीमा छ।
288
Shares
प्रतिक्रिया