ad ad

खेल


काभा महिला नेसन्स : श्रीलंकालाई हराउँदै साविक विजेता भारत फाइनलमा

काभा महिला नेसन्स : श्रीलंकालाई हराउँदै साविक विजेता भारत फाइनलमा

नेपालखबर
साउन २२, २०८१ मंगलबार १६:२८, काठमाडौँ

श्रीलंकामाथि सोझो सेटको जित दर्ता गर्दै साविक विजेता भारत काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३–० को सेटमा जित निकाल्दै फाइनलमा पुग्न सफल भएको हो। 

भारतले श्रीलंकालाई २५–१५, २५–१६ र २५–२३ को जित निकाले हो। पहिलो र दोस्रो सेटमा सहज जित निकालेको भारतले तेस्रो सेट भने प्रतिस्पर्धात्मक बन्यो। 

भारतले अब उपाधिका लागि नेपाल र इरानबीचको विजेतासँग खेल्नेछ। पराजित भएको श्रीलंकाले भने तेस्रो स्थानका लागि दोस्रो सेमिफाइनलमा पराजित टोलीसँग खेल्नेछ। 

आजै हुने दोस्रो सेमिफाइनलमा नेपाल र इरान खेल्नेछन्। नेपाल इरानलाई हराउँदै भारतविरुद्ध फाइनल खेल्न चाहान्छ। लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो। 

नेपाल आज त्यो हारको बदला लिने योजनामा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .