अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्वीडेनले बिहीबार राति भएको खेलमा रसियालाई पराजित गरेको छ।
स्वीडेनले रसियामाथि २–१ को जित निकालेको हो।
खेलको २१औं मिनेटमा अलेक्जेन्डर आइज्याकले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए।
७२औं मिनेटमा माटियस जोहननेसको गोलसँगै स्वीडेनले अग्रता दोब्बर पार्यो।
इन्जुरी समयमा अलेक्जेन्डर सोबोलिभले एक गोल फर्काएपनि रसियाको हार टार्न सकेनन।
नेशन्स लिग अघि यी दुई टोलीले मैत्रीपूर्ण खेल खेलेका हुन।
3
Shares
प्रतिक्रिया