च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा शाख्तर डोनेस्केले रियल मड्रिडलाई उसैको मैदानमा ३-२ अन्तरले पराजित गरेको छ।
पहिलो रोजाईका १३ खेलाडीहरुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि शाख्तरले दोस्रो रोजाईका अधिकांश खेलाडी मैदान उतारेको थियो।
खेलको २८ औं मिनेटमा मेटुस टेटेले शाख्तरलाई अग्रता दिलाए। त्यसको तीन मिनेट नबित्दै राफेल भारानेको आत्मघाती गोलमा शाख्तरले अग्रता दोब्बर पार्यो। टेटेकै पासमा मानोर सोलोमोनले तेस्रो गोल गरेपछि पहिलो हाफमा शाख्तरले ३ गोलको अग्रता बनाएको थियो।
दोस्रो हाफमा लुका मोड्रिच र भिनिसियस जुनिएरले म्यड्रिडबाट दुई गोल फर्काए। १९९९ पछि कुनैपनि यूक्रेनियन टोलीले म्यड्रिडविरुद्ध च्याम्पियन्स लिगमा जित हात पारेको यो नै पहिलोपल्ट हो।
जितसँगै शाख्तर समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। रियल भने पुछारमा छ।
प्रतिक्रिया