साविक विजेता जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबल एट्लेटिको म्यड्रिडमाथि ४–० को सानदार जित हात पारेको छ।
म्युनिखको जितमा किङ्सले कोमानले दुई तथा लियोन गोरेट्जका र कोरेन्टिन टोलिसोले समान एक गोल गरे।
२८औं मिनेटमा किङ्स कोमानले योसुवा किम्मिखको पासलाई गोलमा परिणत गर्दै म्युनिखलाई अग्रता दिलाएका थिए।
४१औं मिनेटमा लियोन गोरेट्जकाले कोमानको पासमा गोल गर्दै बायर्नलाई पहिलो हाफमा २–० को अग्रता दिलाए।
६६औं मिनेटमा कोरेन्टिन टोलिसो ७२औं मिनेटमा कोमानले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ४–० को जित दिलाए।
जितसँगै समूहमा बायर्न ३ अंक जोडेर शीर्षस्थानमा छ। अंकविहीन एट्लेटिको पुछारमा छ।
प्रतिक्रिया