हङकङमा त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध जारी नेपालले लगातार तेस्रो विकेट गुमाएको छ।
नेपालले तेस्रो विकेटका रूपमा आरिफ शेखलाई ४ रनमा गुमाएको हो।
उनलाई ९.३ ओभरमा पीएनजीका कप्तान असद भालाले विकेटकिपरबाट क्याच आउट गराएका हुन्।
यसअघि नेपालले कप्तान रोहितकुमार पौडेललाई गुमाएको थियो। उनी ८.१ ओभरमा नोसैना पोकनाको बलमा एक रनमै आउट भए।
नेपालले पहिलो विकेटको रूपमा विनोद भण्डारीलाई ७.३ ओभरमा गुमायो। उनले आज २२ बलमा दुई चौका र एक छक्कासहित २७ रनको पारी खेले।
168
Shares
प्रतिक्रिया