ad ad

सुदूरपश्चिम


जाजरकोट भूकम्प : मृतक १५३ मध्ये ८२ जना बालबालिका

जाजरकोट भूकम्प : मृतक १५३ मध्ये ८२ जना बालबालिका

फाइल तस्बिर


नेपालखबर
कात्तिक २०, २०८० सोमबार १५:७, सुर्खेत

शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी ८२ जना बालबालिकाले ज्यान गुमाएका छन्। प्रहरीले नेपालखबरलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार उक्त भूकम्पमा परी ८२ जना बालबालिकाले ज्यान गुमाएका हुन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जिल्लामा ५० जना बालबालिका रहेका छन्।

जिप्रका जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जाजरकोटमा मृत्यु भएका १०१ मध्ये ५० बालबालिका रहेको जानकारी दिए। जसमा २२ बालिका र २९ बालक रहेका छन्।

यस्तै, रूकुमपश्चिममा मृतक ५२ जना मध्ये ३२ जना बालबालिकाले घातक परकम्पमा ज्यान गुमाएका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुमले दिएको जानकारी अनुसार मृतक ३२ जना बालबालिकामामध्ये १७ बालिका र १५ बालक छन्।

सानीभेरी गाउँपालिकामा बालिका ३, बालक ५ गरी जम्म ८ जना र आठबीसकोटमा बालिका १४, बालक १० गरी जम्मा २४ जना बालकालिका रहेका छन्।

२१३ वटा विद्यालयमा क्षति
भूकम्पले जाजरकोटमा मात्रै २१३ वटा विद्यालयमा क्षति पुगेको छ। प्रहरीले उपलब्ध गराएको हालसम्मको विवरण अनुसार जाजरकोटमा ९१ विद्यालय पूर्ण रूपमा ध्वस्त, १२२ विद्यालयमा आंशिक क्षति पुगेको छ भने ३६६ कक्षाकोठा पूर्ण रूपमा ध्वस्त भएका छन्।

यस्तै, ४७६ कक्षाकोठामा आंशिक क्षति, ४३ वटा शौचालय, ११ वटा आईसीटी ल्याब, एक पुस्तकालय, सात विद्यालयका घेरबार र चार वटा सोलार सिस्टम पूर्ण रूपमा ध्वस्त भएको प्रहरीको तथ्यांकमा छ।

रुकुमपश्चिममा भने हालसम्म दुई वटा विद्यालयका भवनमा क्षति पुगेको विवरण आएको छ। यहाँ क्षतिको विवरण संकलनको कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .