नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बैतडीको खोड्पे पुगेका छन्। महाकाली किनार झुलाघाटबाट मध्यपहाडी लोकमार्गको महाकाली-मेची यात्रा उद्घाटन गरेर आएका ओलीले खोड्पेमा देउडा खेलेका छन्।
यात्रामा सहभागी बझाङबाट आएका एमाले नेता कार्यकर्तासँग भेटघाट गर्दै ओलीसहितको एमालेको शीर्ष नेतृत्वको टोली खोड्पेमा देउडामा सहभागी भएका हुन्।
ओलीले यसअघि बैतडीको गोठालापानीमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए। यात्रामा निस्किेको एमालेको टोली बिहीबार डडेल्धुराको अमरगढीमा बास बस्नेछ।
63
Shares
प्रतिक्रिया