धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीस्थित त्रिशूली नदीमा बुधबार बिहान बस खस्दा घाइते भएकाहरूको सनाखत भएको छ। तर मृत्यु भएका ७ जनाको भने पहिचान हुन बाँकी छ।
दुर्घटनामा घाइते ३९ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हो।
कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख २१२१ नम्बरको बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज बिहान करिब ४ बजे त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा एक महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
यस्तो छ घाइतेको विवरण
भारत उत्तर प्रदेश सिदार्थ नगर करोन्दा मयिनाथ मा बस्ने वर्ष ३० को टिकुरी चौधरी (टाउकोमा चोट, अवस्था मध्यम), क्यानडा बस्ने विदेशी नागरिक महिला (अवस्था मध्यम), काभ्रे पाँचखाल नगरपालिका बस्ने ३४ वर्षका सुरेश सुनार (खुट्टामा चोट,अवस्था सामान्य), सोही स्थानका २१ वर्षीय रविप्रसाद राजपुत (अवस्था मध्यम), रुपन्देहीकी ५६ वर्षीया शान्ति पौडेल (टाउको र हातमा चोट, अवस्था मध्यम) को काठमाडाैँका विभिन्न अस्पतालमा उपचार जारी।
यस्तै रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका ६ बस्ने वर्ष ३५ को सैयाद आमद अलि (मुख हातमा चोट अवस्था सामान्य), पोल्यान्डका ४१ वर्षीय टावेल (टाउकोमा चोट,अवस्था मध्यम), काठमाडाैँ गोकर्णेश्वर नगरपालिका ८ बस्ने वर्ष ५४ को जनक बन्जारा (ढाँड/काँधमा चोट, अवस्था मध्यम), रुपन्देही मधुवनी गाउँपालिका १ बस्ने वर्ष २५ को महमद आशिफ (अवस्था मध्यम), काठमाडौँ चन्द्रागिरि नगरपालिका १० बस्ने वर्ष ५१ को ध्रुव महर्जन (टाउको खुट्टा र ढाडमा चोट, अवस्था सामान्य)।
यस्तै रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका १२ बस्ने वर्ष १८ का रामनिवास लोद (टाउकोमा चोट, अवस्था सामान्य), सोही स्थानका वर्ष २२ का केदारनाथ लोद (टाउकोमा चोट, अवस्था मध्यम), वर्ष २२ का अशोक यादव (मुखमा चोट, अवस्था सामान्य) र भारत सिद्धार्थ नगर बस्ने वर्ष २७ को राकेश लोद (हातखुट्टामा चोट, अवस्था मध्यम) को पनि काठमाडौँका विभिन्न अस्पतालमा उपचार जारी।
यस्तै रुपन्देही गैडहवा ५ बस्ने वर्ष २८ को दिलीपकुमार चमार (बाँया हात/दाहिने खुट्टामा चोट, अवस्था सामान्य), सोही स्थानका ५७ वर्षीय बाबुराम हजैम (बाँया हात/दाहिने खुट्मा चोट, अवस्था सामान्य), काभ्रे नमोबुद्ध ८ बस्ने वर्ष २० को उत्तम तामाङ, रुपन्देहीका ६ वर्षीय विवश राज श्रेष्ठ (टाउकोमा चोट, अवस्था मध्यमण, उनका बुवा वीरेन्द्रराज श्रेष्ठ (टाउकोमा चोट, अवस्था मध्यम) को धादिङको गजुरी अस्पताल प्रालिमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
सोही अस्पतालमा उपचारत घाइतेहरूमा स्याङजा गल्याङ नगरपालिका २ घर भई हाल काठमाडौँ उपत्यका ट्राफिक कार्यालय रामशाह पथमा कार्यरत प्रहरी जवान वर्ष २६ का शिशिर न्यौपाने, सोही स्थानकी २८ वर्षीया कुसुम ढुङ्गाना, स्याङजा वालिङ नगरपालिका ९ बस्ने वर्ष ४७ को भविश्वर गैरे, प्युठान जिम्रुक ६ बस्ने वर्ष २१ को सञ्जय भुसाल, सिन्धुपाल्चोक तातोपानी गाउँपालिका ९ बस्ने वर्ष २६ का सोनाम डोल्मा शेर्पा छन्।
यस्तै रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका बस्ने १८ वर्षका बलिराम लोद, सोही स्थानका ७ वर्षीय मुक्तिनारायण नाँउ, ४० वर्षीय रमेश नेपाली, वर्ष ५ की काव्य नेपाली, रुपन्देही काराहीमाई गाउँपालिकाकी ३५ वर्षीया निर्मला नाँउ, रुपन्देही संस्कृति नगरपालिका ४ का ३१ वर्षीय अबदुल्ला मुसलमान, भारत उत्तर प्रदेश बगनाउ पत्थरावा बस्ने ३८ का अक्लेशकुमार बानियाँ, काभ्रे नमोबुद्ध ८ बस्ने वर्ष २९ का विराज लामा, सिन्धुपाल्चोक तातोपानी ९ बस्ने वर्ष ४७ का गगन लावाङ सेन्दुक शेर्पा, रुपन्देही गैडहवा ५ बस्ने वर्ष १८ रमेश चमार पनि घाइते छन्।
यस्तै दुर्घटनामा सामान्य घाइते भएकाहरू प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारत रहेको प्रहरीले जनाएको छ। जसमा रुपन्देहीको सिमारी २ बस्ने वर्ष ४० का ओमप्रकाश यादव, नवलपरासी सुनवल नगरपालिका ४ का वर्ष २३ को राजु नेपाली, रुपन्देही संस्कृति नगरपालिका ६ का वर्ष ३० का अबिबुल्ला मुरुल, बुटवलका २३ वर्षका दया बानियाँ र पाल्पा रम्बादेवीका १८ वर्षीय नविन अर्याल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
Shares
प्रतिक्रिया