ad ad

कारोबार


सस्तियो नबिल बैंकको सेयर, दीर्घकालीन लगानीकर्तालाई अवसर

सस्तियो नबिल बैंकको सेयर, दीर्घकालीन लगानीकर्तालाई अवसर

नेपालखबर
चैत १९, २०७९ आइतबार १८:४३, काठमाडौँ

दोस्रो बजारमा लामो समयसम्म ‘लिड’ गरेको नबिल बैंकको सेयरमूल्य निकै सस्तिएको छ। 

२०७९ चैत १९ गते बैंकको नबिल बैंकको सेयरमूल्य सस्तिएर प्रतिकित्ता सेयरमूल्य ६०० रुपैयाँबाट पनि तल झरेको हो।

२०७९ पुस १ गतेसम्म बैंकले सेयरबजारमा ‘लिड’ गरिरहेको थियो। 

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरणपछि पुस २ गते सेयरमूल्य समायोजन गरेसँगै दोस्रो नम्बरमा ओर्लिएको थियो। 

बैंकले गत वर्षको मुनाफाबाट यो वर्ष सेयरधनीलाई ३० प्रतिशत लाभांश घोषणा गरेको छ। 

उक्त लाभांश वाणिज्य बैंकहरुले वितरण गरेकोमध्ये सर्वाधिक हो। बैंकको मूल्य समायोजनपश्चात् एनआईसी एसिया बैंकको सेयरमूल्य सबैभन्दा धेरै पुगेको छ। 

नेप्सेमा सूचीकृत वाणिज्य बैंकहरुमध्ये सर्वाधिक लाभांश वितरण गर्दै आएको नबिल बैंकको सेयरमूल्य ५९७ रुपैयाँमा झरेको छ। बैंकको यो मूल्य हालसम्मकै सस्तो हो। 

पछिल्लो दश वर्षलाई हेर्दा नबिल बैंकको औसत लाभांश वितरण दर ४३.१ प्रतिशत हो। 

त्यसैगरी बैंकले चालू आर्थिक वर्षको माघसम्म सर्वाधिक नाफा गरेको छ। बैंकले चालू आवको माघसम्ममा ४ अर्ब १३ करोड रुपैयाँ नाफा गरेको छ। 

माघ मसान्तसम्म वाणिज्य बैंकहरुमध्ये सर्वाधिक नाफा कमाउने नबिल बैंक अग्रस्थानमा छ। 

त्यसैगरी बैंकको प्राथमिक पुँजी कोष अनुपात (सीसीएआर) १० प्रतिशत माथि नै देखिन्छ । पुरक पुँजी अर्थात (सीएआर) समेत गरी १२.४० प्रतिशत रहेको छ। 

सीसीएआर साढे ८ प्रतिशत नपुगे राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने गर्छ। दोस्रो त्रैमासम्म पुँजी कोष अनुपातको तुलनामा बैंक सुरक्षित देखिन्छ। 

त्यसैगरी बैंकले यस अवधिमा ३५४अर्ब रुपैयाँ निक्षेप र ३२४ अर्बको व्यवसाय गरेको छ । बैंकको तरल सम्पत्ती अनुपात समेत २२.७० प्रतिशत रहेको छ। 

बैंकले प्राथमिक क्षेत्रमा २३.५८ प्रतिशत लगानी गरेको छ। कृषिमा ११.९१ प्रतिशत, ऊर्जामा ६.४१ प्रतिशत लगानी गरेको छ। 

पुस मसान्तसम्म बैंकको रिजर्भ २५ अर्ब ५७ करोड रहेको छ। बैंकको रिजर्भ राम्रो हुँदा बैंकले रिजर्भबाट समेत लाभांश दिनसक्छ। 

नबिल बैंकको बुक भ्यालु १९८.१२ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा अनुपात २.९८ प्रतिशत छ। बैंकको प्रतिसेयर आम्दानी २५.३३ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .