अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालसँग भेटवार्ता गरेका छन्।
भेटवार्तामा डा. महतले केही दिनभित्रै पुँजीबजारको सुधारका लागि ठोस योजना बनाउन निर्देशन दिएका हुन्।
उनले सकारात्मक नतिजा निकाल्ने गरी अघि बढ्न अध्यक्ष हमाललाई निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ।
सेयरबजार विकास र विस्तारको लागि आवश्यक पहलकदमी लिने पनि अर्थमन्त्रीले बताएका छन्।
अर्थमन्त्री महतलले निरन्तर रुपमा सेयर बजारमा आबद्ध क्षेत्रका संघ/संस्थाका प्रतिनिधिसँग छलफल गर्न थालेका छन् ।
हालै अर्थमन्त्री महतले नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरम लगायतको टोलीसँग छलफल छलफल तथा भेटवार्ता गरेका थिए ।
बोर्डले साना तथा मझौला (एसएमई) इन्डेक्स सञ्चालनको मस्यौदा तयार गरी स्वीकृतीका लागि मन्त्रालय पठाउने तयारीमा छ।
अर्थमन्त्री र बोर्ड अध्यक्षको वार्ताले एसएमई संचालन चाडै नै आउने आँकलन गर्न सकिन्छ।
पुँजी बजारलाई सेन्टिमेन्टको रुपमा समेत हेर्ने गरिन्छ । बजारको बारेमा सकारात्मक अर्थमन्त्रीको आगमनले बजार बढ्ने गरेको छ।
गत सोमबार अर्थात चैत १३ गते डा. प्रकाशशरण महत अर्थमन्त्री हुने चर्चापछि बजार बढेको थियो ।
उनी जिम्मेवारी सम्हालेदेखि निरन्तर पुँजी बजारमा आवद्ध संघ संस्थाका प्रतिनिधिसँग छलफल गर्न थालेका छन् ।
लामो समयदेखि निरन्तर घट्टै गएको बजारमा अर्थमन्त्रीले बजारका सेयरबजार नियामकीय निकाय, लगानीकर्ता संघ संस्था प्रतिनिधिहरु भेटवार्ताले सकारात्मक रुपमा लिएका छन् ।
अर्थमन्त्री महत बजारप्रति सुरुवाती दिनदेखि नै सकारात्मक देखिँदा उनले आगामी दिनमा नीति पोलिसी समेत सुधार गर्ने आकलन गर्न सकिन्छ।
Shares
प्रतिक्रिया